नेपाली काँग्रेस गुल्मीले आज आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास पुगेका नेता पौडेलले अब सँधै भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने परीक्षाको घडी आएको बताए ।
उनले दुई नेताहरुले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उनीहरुलाई आराम गर्न
आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने , ‘मैले उहाँहरुलाई अब आराम गर्नुस्, पार्टी म हाँक्छु भनेको छु । ‘उनले यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरे ।
अर्को एक प्रसङ्गमा उनले यही संविधानको सेरोफेरोमा रहेर मधेसको समस्या समाधान हुने बताउँदै उनले काँग्रेसले सरकार बाहिरबाटै भए पनि मधेसको आन्दोलन अन्त्य गर्नका लागि भूमिका निर्वाह गरिरहेकाले अब मधेस आन्दोलन रोकिने विश्वास व्यक्त गरे । - See more at: http://suchanakendra.com/archives/15151.html#sthash.FuGfrW9b.dpuf
No comments:
Post a Comment