.dateHeader/>

पेटमा बोसोको मात्रा बढेर हैरान हुनुहुन्छ ? यहि हुनुहुन्छ भने पढ्नुस घटाउने घरेलु उपाए

कागती पानी

तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । यसले शरीरलाई निकै फाइदा पनि गर्छ ।

बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

 गुलियोबाट टाढा रहनुहोस्

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

नेल्सन मण्डेलाका १० विश्व प्रसिद्ध भनाईहरु

Source Khabar Dabali : नेल्सन मण्डेला दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । उनको जन्म १८ जुलाई १९१८ मा भएको थियो । उनको राजनैतिक यात्रा भने सन् १९४८ बाट सुरु भयो । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा उनी सन् १९९४ देखि १९९९ सम्म रहे ।
उनले आफ्नो जीवनको १८ वर्ष जेलमा बिताए । २७ वर्षको उमेरदेखि ४५ वर्षको उमेरसम्म उनी जेलमा बसे । जेलमै रहँदा मण्डेलाले लण्डन विश्वविद्यालयको बाह्य कार्यक्रम अन्तर्गत भर्ना भई कानुन विषयमा स्नातक सम्मको अध्ययन पनि पुरा गरे । मण्डेलालाई स्वतन्त्र गराउन स्थानीय तथा अन्तराष्ट्रिय दवाबहरु बढ्न थालेपछि उनी १९९० को फेब्रुअरी जेलबाट छुटे ।
मण्डेला आफु जेलमुक्त हुनासाथ एएनसीको नेतृत्व साम्हाले र सन् १९९० देखि १९९४ को अवधिमा बहुदलीयतामा सम्झौता गर्दै देशमा पहिलो बहुजातीय चुनाव सम्पन्न गराए । सन् १९९३ मा नोबेल शान्ति पुरस्कार समेत पाए । ति महान व्यक्तिको निधन डिसेम्बर ५, २०१३ मा ९७ वर्षको उमेरमा भयो । तिनै विश्व प्रसिद्ध व्यक्तिका २०