.dateHeader/>

‘साहित्यकार एवम् ‘गुरुङ साहित्यिक मञ्च’ नेपालको अध्यक्ष गौरी तमूको चिनारी’

G1 (2)
Source Gurungwriters चोग डीबी गुरुङ l

गौरी गुरुङको जन्म विक्रम संवत २०३९ साल भाद्र २८ गते साविक लुम्बिनी अञ्चल, नवलपरासी जिल्ला गैडाकोट गाउँ विकास समिति वडा नं ३ तातरीबासमा बाबा टेकबहादुर गुरुङ र आमा छलिमाया गुरुङको कोखबाट माहिली छोरीको रुपमा भएको थियो ।
उनी पाँच दिदीबहिनी र तीन दाजुभाइकी धनी लाहुरे परिवारमा जन्मिए पनि बाबा पेन्सन आएपछि मात्र जन्मिएकीले बाल्यकालमा बाबाको धेरै माया, साथ र मार्ग निर्देशन पाइन। उनको बाबा समाजसेवी र राजनीतिज्ञ हुनुहुन्थ्यो । उनकै प्रेरणाले गर्दा, सानैदेखि दयालु, सहयोगी र जीवनमा केहि गरेर देखाउनु पर्छ भन्ने स्वभावकी थिइन। उनले जुन उमेरमा विद्यालय जानु पर्ने थियो, त्यो अवसर पाइनन्। कारण नजिकै विद्यालय नभएको र खोला तरेर जान वर्ष याममा कठिन हुने भएकोले नौ वर्षको उमेरमा मात्र आफ्नै बाबाले स्थापना गर्नु भएको गाउँकै पञ्चकन्या प्रा.वि.मा कक्षा १मा भर्ना भएर प्रारम्भिक शिक्षा आरम्भ गर्नु भएको थियो ।
उनको सानै उमेरदेखि तीक्ष्ण बुद्धि र निडर भएकाले प्रखर वक्ताका रुपमा उदाए । स्वभाव अनुसार बाबाको हात समाउँदै विभिन्न कार्यक्रमहरुमा नविन सृजनाहरु सुनाउँदै हिँड्न थाले । अलि ठूली भएपछि २०५५/५६ सालतिर कक्षा ७ देखि १० कक्षासम्म पढ्दापढदै जिल्ला स्तरीय

.dateHeader/>

सतिपिपलको डाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान

गोरखा नगरपालिका सतिपिपलको डाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान गरिएको छ ।
रोट्याक्ट क्लव र गोरखा नगरपालिकाको संयोजनमा विहिबारचार वटा प्याराग्लाइडिङको परिक्षण उडान गरिएको हो । चार दिन सम्म लगातार परिक्षण उडान गर्ने क्लवका अध्यक्ष वुद्घि जोगिले जानकारी दिए । ‘पोखराबाट आएका चार जना पाइलटको टोलिले परिक्षण उडान गरेका हुन्,’ जोगिले भने,‘२० गते सम्म एकै ठाउँबाट उडाउँछौँ, सफल भए यसलाई ब्यवसायीक रुपमै अघि