गौरी गुरुङको जन्म विक्रम संवत २०३९ साल भाद्र २८ गते साविक लुम्बिनी अञ्चल, नवलपरासी जिल्ला गैडाकोट गाउँ विकास समिति वडा नं ३ तातरीबासमा बाबा टेकबहादुर गुरुङ र आमा छलिमाया गुरुङको कोखबाट माहिली छोरीको रुपमा भएको थियो ।
उनी पाँच दिदीबहिनी र तीन दाजुभाइकी धनी लाहुरे परिवारमा जन्मिए पनि बाबा पेन्सन आएपछि मात्र जन्मिएकीले बाल्यकालमा बाबाको धेरै माया, साथ र मार्ग निर्देशन पाइन। उनको बाबा समाजसेवी र राजनीतिज्ञ हुनुहुन्थ्यो । उनकै प्रेरणाले गर्दा, सानैदेखि दयालु, सहयोगी र जीवनमा केहि गरेर देखाउनु पर्छ भन्ने स्वभावकी थिइन। उनले जुन उमेरमा विद्यालय जानु पर्ने थियो, त्यो अवसर पाइनन्। कारण नजिकै विद्यालय नभएको र खोला तरेर जान वर्ष याममा कठिन हुने भएकोले नौ वर्षको उमेरमा मात्र आफ्नै बाबाले स्थापना गर्नु भएको गाउँकै पञ्चकन्या प्रा.वि.मा कक्षा १मा भर्ना भएर प्रारम्भिक शिक्षा आरम्भ गर्नु भएको थियो ।
उनको सानै उमेरदेखि तीक्ष्ण बुद्धि र निडर भएकाले प्रखर वक्ताका रुपमा उदाए । स्वभाव अनुसार बाबाको हात समाउँदै विभिन्न कार्यक्रमहरुमा नविन सृजनाहरु सुनाउँदै हिँड्न थाले । अलि ठूली भएपछि २०५५/५६ सालतिर कक्षा ७ देखि १० कक्षासम्म पढ्दापढदै जिल्ला स्तरीय
वक्तृत्वकला प्रतियोगितामा लगातार पाँचपटकसम्म प्रथम भए । अब अरु उदियमान भाइ बहिनीहरुलाई पनि पालो दिनु पर्छ भन्ने मनासायले जिल्ला बाहिर मात्रै प्रतियोगितामा सहभागि भए । कक्षा ८ मा पढ्दानै नागरिकता बनाई गाउँकै ‘नमुना युवा क्लब’को संस्थापक सचिव भएर काम गर्नु भयो । कक्षा १० मा पढ्दै गर्दा, गाउँकै छिमेकी भाउजुहरुले सारी लगाइदिएपछि पहिलो पटक स्टेज कार्यक्रम ‘चितवन महोत्सव २०५७’ सञ्चालन गर्ने अवसर जुरेको थियो, वहाँ भन्नु हुन्छ ।
त्यतिबेला व्यवसायिक रुपमा पारिश्रमिक दिने लिने चलन थिएन । तैपनि देशका प्रमुख शहरहरुमा स्टेज कार्यक्रम सञ्चालन थाल्नु भयो । कक्षा ९/१० मा पढ्दादेखि नै विद्यालयमै भित्ते पत्रिका र गाउँकै साथीहरुसँग मिलेर विभिन्न लघु साहित्यिक पत्रिका निकालेको उहाँ बताउनु हुन्छ । यसरी सानो उमेरबाटै बहुमुखी प्रतिभाको धनी भन्ने परिचय बनाइसक्नु भएको थियो । उहाँले ६० को दशकमा पोखराको रेडियो नेपाल, क्षेत्रीय प्रशारण केन्द्रमा आएर गुरुङ गीतहरु खोजेर लगी सबैभन्दा पहिले तराई मधेसको कालिका एफल.एम. भरतपुर चितवनमा गुरुङ भाषाको कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यो नै उहाँको गुरुङ समुदायलाई पुर्याएको पहिलो योगदान थियो । उक्त कार्यक्रम हालसम्म (१५ वर्षसम्म) पनि निरन्तर सञ्चालन भइरहेको छ । यही ६०को दशकतिरनै उहाँले ‘नेपाल तमू विद्यार्थी छोँज धीँ’को केन्द्रिय प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी सम्हालेर सामाजिक सेवाको यात्रा आरम्भ गर्नु भएको थियो ।
विक्रम सम्वत २०६४ सालमा वैवाहिक बन्धनमा बाँधिएपछि पोखरालाई मूल कर्म थलो बनाउनु भयो । उहाँले आमा हुनुको जिम्मेवारीले बाँधिएकै बखत मास्टर्स डिग्री र कानुनमा स्नातक गर्नु भयो । छोरीहरु हुर्केसँगै पुनः साहित्यिक र स्थानीयदेखि राष्ट्रियस्तरको पत्रपत्रिकामा समसामयीक लेखनमा उदाउन थाल्नु भयो । यस्तैमा स्वदेश तथा विदेशमा रहेका गुरुङ कवि र लेखकहरुलाई एउटै छातामा आवद्व गर्ने र लेखन पद्वतीमा गुरुङ युवा युवतीहरुलाई समेट्नका लागि उहाँको अध्यक्षतामा ‘गुरुङ साहित्यिक मञ्च नेपाल’को स्थापना भयो । यहिबाट वहाँको अब्बल दर्जको साहित्यिक यात्रा आरम्भ भएको देखिन्छ ।

हाल यस मञ्चले साहित्यिक प्रशिक्षण कार्यक्रम, नियमित रचना, वाचन शृङ्खला, पुस्तक प्रकाशनको काम गरिरहेको देखिन्छ । उहाँले तमू लेखन पुरस्कारका लागि रु. १ लाख ११ हजार १सय ११ रुपैयाँको अक्षयकोषको स्थापना गर्नु भएको छ । यसरी यस मञ्चमा, उहाँ र उहाँको समुहले नेपाली र गुरुङ दुवै भाषा र साहित्यका लागि अमुल्य योगदान दिएका छन् । २०७४ सालमा उहाँले गुरुङ समुदायका लागि र नेपाली साहित्यको मुक्तक विधाका लागि नेपाली–गुरुङ भाषाको ‘मुक्तक सङ्ग्रह’ प्रकाशित गरी दुवै भाषाको साहित्यमा अर्को महत्वपूर्ण योगदान समेत पुर्याउनु भएको छ । यसरी उहाँले विशेष गुरुङ समुदायको लागि दिनु भएको योगदानलाई सरसर्र्ती फर्केर हेर्दा, ठूलो फड्को मारेको देखिन्छ । उनका प्रारम्भिक यात्राहरुमा:
१. तराई मधेसमा (कालिका एफ.एम. भरतपुर चितवन) पोखराबाट गुरुङ गीतहरु खोजेर लगी सबैभन्दा पहिले गुरुङ भाषाको कार्यक्रम सञ्चालन । करिब ६ वर्ष उहाँले सञ्चालन गरेको उक्त कार्यक्रम हाल (१५ वर्षसम्म) पनि निरन्तर सञ्चालन भइरहेको ।
२. स्वदेश र विदेशमा रहेर कलम चलाइरहेका गुरुङ कवि र लेखकहरुलाई एउटै छातामा आवद्व गरी गुरुङ र नेपाली दुवै साहित्यमा संगठीत भएर अगाडि बढ्ने उद्वेश्यका साथ उहाँकै अध्यक्षतामा (संस्थापक अध्यक्ष) ‘गुरुङ साहित्यिक मञ्च नेपाल’को स्थापना ।
३. २०७४ भाद्रमा नेपालमै पहिलो पटक मुक्तक विधामा नेपाली–गुरुङ भाषको मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ प्रकाशित गरी दुवै भाषाको साहित्यमा महत्वपूर्ण योगदान दिनु भएको छ । हाल उहाँ स्थानीयदेखि राष्ट्रियस्तरका छापा र मिडियाहरुमा निरन्तर समसामयिक विषयमा लेखिरहनु भएको देखिन्छ ।
शिक्षाः
१. प्रारम्भिकः पञ्चकन्या प्रा.वि. गैकाकोट, ३ तातरीबास, नवलपरासी ।
२. कक्षा ३ देखि १२ सम्म जनक मा.वि. गैडाकोट, नवलपरासी ।
३. बी.एड. बालकुमारी कलेज, नारायणगढ चितवन ।
४. एल.एल.बी. पृथ्वीनारायण क्याम्पस, पोखरा ।
५. एम.एड. पृथ्वीनारायण क्याम्पस, पोखरा ।
१. प्रारम्भिकः पञ्चकन्या प्रा.वि. गैकाकोट, ३ तातरीबास, नवलपरासी ।
२. कक्षा ३ देखि १२ सम्म जनक मा.वि. गैडाकोट, नवलपरासी ।
३. बी.एड. बालकुमारी कलेज, नारायणगढ चितवन ।
४. एल.एल.बी. पृथ्वीनारायण क्याम्पस, पोखरा ।
५. एम.एड. पृथ्वीनारायण क्याम्पस, पोखरा ।
सेवाः
१. गुरुङ भाषको कार्यक्रम सञ्चालन कालिका एफ.एम. भरतपुर चितवन ६ वर्ष ।
२. हालः शिक्षक नवप्रभात माध्यमिक विद्यालय, पोखरा ।
३. भाषा सम्पादकः तमू संसार त्रैमासिक, पोखरा ।
१. गुरुङ भाषको कार्यक्रम सञ्चालन कालिका एफ.एम. भरतपुर चितवन ६ वर्ष ।
२. हालः शिक्षक नवप्रभात माध्यमिक विद्यालय, पोखरा ।
३. भाषा सम्पादकः तमू संसार त्रैमासिक, पोखरा ।
व्यवसायः
१. टास्क फोर्स नेपाल, प्रा.लि., पोखरा ।
२. लेकाली चुलो घर, पोखरा ।
३. टास्क ट्राभल्स, पोखरा ।
४. होटल टास्क इन्टरनेसनल, पोखरा ।
१. टास्क फोर्स नेपाल, प्रा.लि., पोखरा ।
२. लेकाली चुलो घर, पोखरा ।
३. टास्क ट्राभल्स, पोखरा ।
४. होटल टास्क इन्टरनेसनल, पोखरा ।
विवाहः
विक्रम संवत २०६३ फागुन २८ गते माझकोट, १ गुरुङ गाउँ, प्युठान घर भई हालः पोखरा निवासी स्वर्गीय डम्बरसिँ गुरुङका कान्छा छोरा व्यावसायी एवम् अधिवक्ता मिनबहादुर गुरुङसँग विवाह भएको थियो । उनकी ८ र ११ वर्षका दुई छोरीहरु छन् । उनीहरुलाई असल नागरिक, सामाजिक दायित्व र राष्ट्रियस्तरको भावनाबाट ओतप्रोत गराउने आमाको अभिभाराबाट अझै मुक्त भएकी छैन, भन्नु हुन्छ ।
विक्रम संवत २०६३ फागुन २८ गते माझकोट, १ गुरुङ गाउँ, प्युठान घर भई हालः पोखरा निवासी स्वर्गीय डम्बरसिँ गुरुङका कान्छा छोरा व्यावसायी एवम् अधिवक्ता मिनबहादुर गुरुङसँग विवाह भएको थियो । उनकी ८ र ११ वर्षका दुई छोरीहरु छन् । उनीहरुलाई असल नागरिक, सामाजिक दायित्व र राष्ट्रियस्तरको भावनाबाट ओतप्रोत गराउने आमाको अभिभाराबाट अझै मुक्त भएकी छैन, भन्नु हुन्छ ।

आवद्व संस्थाः
१. गुरुङ साहित्यिक मञ्च नेपाल, संस्थापक अध्यक्ष ।
२. तमू संसार त्रैमासिक, भाषा सम्पादक ।
३. लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपाल, विशिष्ट सदस्य ।
४. राष्ट्रिय नारी साहित्य परिषद् नेपाल, सचिव ।
५. मुक्तक मञ्च पोखरा, कोषाध्यक्ष ।
६. गजल सन्ध्या पोखरा, मनोनित सदस्य ।
१. गुरुङ साहित्यिक मञ्च नेपाल, संस्थापक अध्यक्ष ।
२. तमू संसार त्रैमासिक, भाषा सम्पादक ।
३. लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपाल, विशिष्ट सदस्य ।
४. राष्ट्रिय नारी साहित्य परिषद् नेपाल, सचिव ।
५. मुक्तक मञ्च पोखरा, कोषाध्यक्ष ।
६. गजल सन्ध्या पोखरा, मनोनित सदस्य ।
प्रकाशित कृतिः
१. समै दर्बानी (समयको दर्पण) दिभाषिक मुक्तक सङग्रह ।
२. विभिन्न पत्रपत्रिकामा फुटकर सृजना र लेखहरु प्रकाशित ।
१. समै दर्बानी (समयको दर्पण) दिभाषिक मुक्तक सङग्रह ।
२. विभिन्न पत्रपत्रिकामा फुटकर सृजना र लेखहरु प्रकाशित ।


भ्रमणः भारत र दुबई ।
रुचिः पठन, लेखन, साहित्य सृजना, भ्रमण र समाजसेवा ।
गुरुङ साहित्यिक मञ्च, नेपालले गीतकार एकेन्द्र गुरुङको सृजनाहरु ‘मनका तरङ्गहरु र धर्तीमा जून’ नामक साहित्यको प्रकाशन गरेर नेपाली साहित्य भण्डारमा एउटा सुनौलो इटा थप्ने प्रशंसनीय कार्य गर्नु भएको छ । साहित्यकार गौरी गुरुङको विभिन्न सामाजिक सञ्जालमा देखिएका अभिव्यक्तिहरु र आयोजित कार्यक्रमहरुको मन्तव्यलाई सुनेर मनन गर्दा, वहाँ कानुनको विद्यार्थी, पेशाले शिक्षक र रुचिमा साहित्य रहेको हुनाले, यी तीनैवटा विधाको उत्कृष्ट सम्भावनाहरुको माध्यमद्धारा सामाजिक परिवर्तन र चेतनाको दियो बाल्नका लागि प्रयत्नरत रहेको आभास हुन्छ । यस्ती उदार भावना भएकी निडर, प्रखर वक्ता, वहुप्रतिभाकी धनी साहित्यकार गौरी गुरुङको अनमोल चरित्रको गुन बखान जति गरे पनि कमै हुन्छ । यस्ती होनहार स्रष्टाको जन्म धर्तीमा विरलै हुने गर्दछ । वहाँको पारिवारिक जीवन सुखद होस् । साहित्यिक यात्रा निरन्तर रहोस् । यही मेरो शुभकामना छ ।
Source Gurungwriters चोग डीबी गुरुङ ।

No comments:
Post a Comment