तर बास्तबिक मा नभई उनको यो नया सालैजो एल्बमको हो ।
सबैको ढुकढुकी लोकप्रिय युवा गायक पृथ्वी गुरुङ र सिर्जना गुरुङको सालैजो एल्बम मनकामना साक्षी राखेरै भन्छु युउटुब मार्फत म्याक्सन फोर डी
स्टुडियोले बजारमा ल्याएको छ । मनकामना –७ निभारे गोरखामा जन्मनुभएका गायक पृथ्वी गुरुङको यो बिल्कुलै नया एल्बम हो । यसभन्दा पहिलेको उहाले गाउनु भएको चर्चित गीहरुमा सत्य रामाराम (लोक दोहोरी), हितको सै साथी (कौह्रा), हे ङोल्स््यो मुग्लिन बजार(कौह्रा), हे कानाछी ढल्क्यो जोबन (कौह्रा), रिसिङ
डाडा रमाईलो, रिबन फरर (लोक दोहोरी) जस्ता हित गीतहरु पर्दछन, यी गीतहरुमा उहालाई शब्द÷संगीतमा दुर्गा गुरुङ÷रेशम गुरुङ÷तारा गुरुङ÷टेक गुरुङ, राज कुमार "बगर" लगाएतका सर्जकहरुले समेट साथ दिनुभएको थियो ।
अहिलेको नया एल्बम मनकामना साक्षी राखेरै भन्छु मा भने स्वर पृथ्वी गुरुङ र सिर्र्जना गुरुङको रहेको छ
भने लय÷शब्द गायक स्वयम पृथ्वी गुरुङको रहेको छ ।
यस भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र नारन सिंजाली मगरले अभिनय गर्नुभएको छ । साथै राजु गुङ (नायक÷गायक), हरिमाया गुरुङ (गायिका ÷समाजसेबी), बाबु लाल थापा (कलाकार, आबु खैरेनी) कलाकारको रुपमा यस गीतमा हुनुन्छ ।
सन्तोष पिठाकोटे मगरले छायाकन गरेको यस गीतमा सम्पादन छवि राना मगर र निर्देशन लब्सन गुरुङ(प्राचिन आर्ट एकेडेमी) गुर्न भएको हो । गोरखा ढाडबारीमा छायांकन गरीएको यस गीतको पोष्ट प्रोडकसन म्याक्सन फोर डी स्टुडियोमा गरिएको हो ।