घाँटु भनेको अंग विन्यासद्धारा मन्द गतिमा प्रस्तुत गरिने एक किसिमको कलात्मक एवं अलौकिक नृत्य हो । लयबद्ध भाषामा रागद्धारा गाइने गुरुङहरुको मौलिक गीतिकाव्य हो । लमजुङका ‘ख्याल्बो रोजा उपनाम भएको पर्सैं ख्ले (क्ले) भन्ने परसुराम घले राजा’ र रानी यमावतीको वीरगाथा र अमरगाथा गीतकै लयमा गाएर संझना गरिन्छ । यो घाँटु माघ महिनाको श्रीपञ्चमीको दिनमा स्थापना गरेर तीन महिनसम्म औसी, पूर्णिमा र गाउँ बार्ने दिनहरुमा लगातार अभ्यास गरेर बैसाख पूर्णिमाको अघिल्लो दिनदेखि सिंगार पटार गरेर सजाएको मञ्मा प्रर्दशन गरिन्छ । पूर्णिमाको दिनमा दिनभरि प्रर्दशन गरेर भोलि पल्ट सुर्यास्त नहुँदै देउराली डाँडामा लगेर समापन गरिन्छ । पर्वको अतिथिहरु त्यस गाउँको विवाहित चेलीबेटी र ज्वाइहरुकासाथै वरपरका गन्य मन्यहरुलाई निमन्त्रण गरिन्छ । अतिथिहरुले आफ्नो गच्छे अनुसार दान हालेर घाँटु नाचको आतिथ्याइ स्वीकार गर्ने गुरुङहरुको मौलिक संस्कार रहि आएको छ ।
यो घाँटु शब्द दुइवटा शब्दहरुको संयोजनबाट बनेको छ । ‘घाँ+टु = घाँटु’ । ‘घाँ’ भनेको तमु भाषाको मूल शब्द ‘गह’ अर्थात घाउको वहुरुपी स्वरुप हो । अर्थात काँक्रोको चिराझै चिराचिरा परेको हेर्न पनि नसकिने भयंकरै डरलाग्दो एवं कहिलै निको नहुने ऐतिहासिक घाउ हो । ‘टु’ भनेको तमु भाषाको मूल

