विशेष प्रदर्शनी गरिएको छ ।
(तमु)गुरुङ समाज स्वीन्डन यू के ले हरेक बर्ष कम्तिमा पनि (१)एक गुरुङ चलचित्र प्रदर्शन गर्ने निर्णय भए अनुसार गत बर्ष २ वटा चलचित्र प्रदर्शन गरिएको थियो l त्यसै अनुरुप यस बर्ष पनि २ वटा चलचित्र प्रदर्शन गर्ने काम सम्पन्न भएको छ l अति व्यस्तताका बाबजुद पनि समाजका सक्रिय कार्य समितिको पहलमा यही २० अक्टोबर २०१८ शनिबारको दिन साझ ६ बजे डोम कम्युनिटी हल स्वीन्डनमा प्रदर्शन गरिएको थियो l
स्वस्तिक फिल्मस प्रा. लि. को ब्यानरमा निर्मित तमु भाषा तथा सँस्कृतिमा आधारित तमु चलचित्र तले क्रोम चु सै (किन रुन्छ यो मन)
चलचित्र निर्देशन जनक गुरुङले गरेका छन् भने विवेक गुरुङ,
सुमिन गुरुङ, विरमाया गुरुङ, टीकाराम गुरुङ, कोमजङ्ग घले, मिका गुरुङ, सुमिन गौचनकाे अभिनय रहेको छ।
बेलायतको यामपाएर हल अल्डरसट र नेपालको बिभिन्न सहरहरुमा प्रदर्शन पश्चात अन्य देशहरुमा पनि प्रदर्शनको लागि तयारी भई रहेको छ l