ट्होटे पर्ब
माइन्ड गुरुङ बेल्जियम
यो बोन्पो धर्म अन्तर्गत प्रकृति लाई रिझाएर रोग ,ब्याधि ,लुतो , खटिरा, र रुघा खोकी सबै खाले रोगका साथै भुत मशान धपाउन गाउलेहरु मिलि गर्ने साझा पुजा हो l ट्हो को अर्थ गाउँ (ह्युल ) र टे को अर्थ बारने हो l यो पर्ब पनि अरु जातिहरुले खेल्दैन मात्र गुरुङहरुले मात्र खेल्दछन l यो पर्ब पहिला पहिला दम्दमे ,शिदाने ,कर्मीडांडा ,काब्रे ,kalabang घरेडी खेल्ने गरिन्थ्यो र अन्य गाउँ हरुमा खेल्ने गरिन्थ्यो होला l तर आजकल कुनै पनि गुरुङ गाउमा खेलेको पाइन्न l खेल्ने तौर तरिकाहरु अ आफ्नै गाउँ अनुसार हुन्थ्यो l कुनै ठाउँमा भाले काटेर गरिन्थ्यो भने म आफ्नै गाउँ म हाम्रो पालाको मात्र छोट करिमा लेख्न चाहन्छु l
यो बर्सको दुइ पटक खेलिन्थ्यो l एक पटक श्रावन महिना र अर्को पटक चैत म l हामि केटाहरु बिहानै उठेर भर्किम्लो (तिब्रु ) काट्न समुंद्रे बन त कहिले नाके ध्हर को मुन्तिर गएर झोला भरि फिल्ली र तरवार बनाएर छिट्टो छिट्टो सिलु डाँडा जम्मा हुन्थ्यो l ठुलोबा हरुले थारो भैशी लाई मज्जा ले चार खुट्टा बाँधी छिर्के पारि लडाइ पेटमा छुरी घोची घोची मार्थ्यो ! हाम्रो भने टिन र कोपर बजाउदै त्यो भैशिको आवाज नसुन्ने गरि बजाउनु पर्थ्यो l केहीबेरमै त्यो भैशीको थोरै लादि लिएर हरेक घर घर म फिल्ली राखेर श्युरी धुप राखेर हरेक किसिमको पहिरन गरि निस्कने बेलामा त्यो घर बाट खरानी ले हान्ने गर्दथ्यो l मेंन त्यो दिन काँचो दाउर नकाट्ने बिशुं न नासुकौने झार नागोड़ने र ढिकी जाँतो नगर्ने र त्यो बाटो कुनै बटुवा हरु हिडेमा दुइ चार पैसा वा चुरोट भापनी जरिवाना गर्थ्यो l चार बाटोमा गेट बनाथ्यो र गाउँ को मुनि सेलौथ्यो l सेलाउने बेलामा वर्ष भेलौरे खेथ्यो र यो भेलौरे खेल्ने बेलामा महिलाहरुलाई सुन्न मनाही थियो l खेले बापत हामीलाई चामल,मकै ,कोदो र पैसा पाइन्थ्यो l
No comments:
Post a Comment