.dateHeader/>

गोरखाली समाज यू के को बार्षिक भेटघाट कार्यक्रम २०१६


गोरखाली समाज यू के को आयोजनामा हुन् गइ रहेको बार्षिक भेट घाट तथा बिबिध  कार्यक्रमहरु  अध्यक्ष जय प्रकाश गुरुङ्गको नेत्रित्तोमा भब्य तयारी हुदैछ ।  उक्त दिनको कार्यक्रम २३ जुलाई २०१६, शनिबार , Connaught School, Aldershot Tongham Rd, Aldershot, Hampshire GU12 4AS मा बिहान ११:०० बजे देखि बेलुका ०९:३०  सम्म  हुने भएको छ ।
बिगतका बर्ष हरु झैँ यस बर्ष पनि लिग लिग दौड लगाएत बिबिध मनोरंजनको कार्यक्रम गरिने भएको छ ।  अध्यक्ष गुरुङ्ग का अनुसार लिग लिग दौड प्रतियोगिता एतिहासिक र गोरखालीहरुको पहिचान संग सरोकार राख्ने हुदा यसलाई आगामी बर्षहरुमा  अझ बृहत र परिस्कृत  तबर बाट आयोज्जना गरिने योजना रहेको छ ।

उक्त दिनमा हुने कार्यक्रमहरु
१ गोरखाली ऐतिहासिक लिगलिग दौड साथै आकर्षक पुरुस्कारहरुको पनि ब्यबस्था गरिएको छ
लिग लिग दौड २०१६ यस पालिको दुरी १.५ मईल मात्र हुनेछ ।
पुरुष : प्रथम पुरस्कार £200, टंकर साथै मेडल ।
दोस्रो पुरुस्कार £100, टंकर साथै मेडल ।
तेस्रो पुरुस्कार £50, टंकर साथै मेडल ।
महिला : प्रथम : पुरुस्कार : £200, गिफ्ट साथै मेडल ।
दोस्रो : पुरुस्कार : £100, गिफ्ट साथै मेडल ।
तेस्रो : पुरुस्कार : £50, गिफ्ट साथै मेडल ।

पुरुष र महिला दुवै सहभागितालाई सर्टिफिकेट पनि प्रदान गरिने छ  ।
२ बिबिध गोरखाली सांस्कृतिक कार्यक्रमका साथमा लोक-दोहारी गीत र नाचगान  ।
३ सय पत्री नेपाली संस्कृतिक समूह लगायत गोरखाली आमा समूहहरुको संस्कृतिक कार्यक्रमहरु हुनेछ  ।
४ आकर्षक पुरस्कारको साथमा "राफल टिकट" राखिने छ ।
५ स्वादिष्ट नेपाली भोजन, BBQ साथै रुची अनुसारको पेय पदार्थबाट भरपूर्ण मनोरंजन लिन सक्नुहुनेछ ।
लिग लिग दौड २०१६ को लागि प्रवेश शुल्क जम्मा £25 मात्र ।
यति शुल्क तिरेपछि माथि ५ नम्बर देखि ५ नम्बर सम्मको सबै सेवाहरु लिन सक्नुहुनेछ तर राफल टिकेट र पेय पदार्थको चाही इच्छा अनुसारको आफैले शुल्क तिर्नु पर्ने हुन्छ ।


No comments:

Post a Comment