.dateHeader/>

गोरखामा बन्यो नेपालकै पहिलो क्यान्टिलिभर पुल

गोरखा, असार ७ –गोरखामा नेपालकै पहिलो क्यान्टिलिभर पुल को निर्माण कार्य सम्पन्न   भएको छ |
जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल  बनाउने काम सम्पन्न भएको हो। क्यान्टिलिभर पुल  ढुङ्गामा खोपेर बनाईने पुल हो |
नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानी  ढुंगामा खोपेर बनाईएको छ । यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो ।
सो पुल ४ करोड ५० लाखको लगानीमा निर्माण
भएको भुगर्वविद् भास्कर खतिवडाले बताउनुभयो । उक्त पुल निर्माण कार्यको लागि Department For International Development (DFID) र सामर्थ नेपालको आर्थिक सहयोग,  AF-ITECO स्विजरल्यान्डको प्राविधिक सहयोग, निर्माण व्यवस्थापन र बालाजु यन्त्रशालाबाट निर्माण सम्पन्न गरिएको हो ।
साथै जिविस गोरखा र जिल्ला प्राविधिक कार्यालय गोरखाको प्रत्यक्ष निगरानि र अनुगमनमा पुल निर्माण भएको हो ।
पुल निर्माण कार्यको लागि सबै सामान हेलिकप्टरबाट ओसार पसार गरिएको थियो भने  स्विजरल्यान्डबाट आएका प्राविधिकहरुले ३५ दिनसम्म सो स्थानमा बसि काम गरेका थिए । विनाशकारि भुकम्प पश्चात पहिरो र बाढिले गर्दा करिब एक बर्पादेखि यारु बगरको बाटो अवरुद्ध भएको थियो ।
सो पुल बनेपछि गोरखा जिल्लाका ७ गाविस सिर्दिवास, लो, प्रो, बिही, सामागाउँ, चुम्चेत र छेकम्पारवासीले राहत पाउने भएका छन् । जिल्लाको ७ वटा ठुला ठुला गाविस जोड्ने बाटोको रुपमा पुल निर्माण भएपछि गाउँको बिकासका अवसरहरु खुलेका छन् । स्थानियबासीको सहयोगमा पुल जोड्ने करिब ५० मिटर बाटोको निर्माण पनि सँग–सँगै सम्पन्न भएको छ ।
माथिल्लो क्षेत्रको सामान बोक्ने एक मात्र स्रोत खच्चड सेवा अवरुद्ध हुँदा माथिल्लो क्षेत्रका बासिन्दा हेलिकप्टरबाट सामान ढुवानि गरि करिब दुई गुना महंगो खाद्य तथा अन्य उपभोग्य सामान प्रयोग गर्न बाध्य थिए ।नेपालको प्रख्यात पर्यटकिय स्थल चुम उपत्यका तथा लार्केपास र मनास्लु हिमाल पदयात्रामा जाने उक्त बाटो बिग्रँदा पर्यटकिय गतिबिधिमा नकारात्मक असर परेको थियो ।  ।

No comments:

Post a Comment