दर्जनौ हित गितहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन, गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई,तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता
एक दर्जनभन्दा बढी एलबमहरू बजारमा ल्याईसकेकी छिन् । बिसेष गरि लोक दोहोरि क्षेत्रमा चर्चित बन्न सफल गायिका अनुमा हर प्रकारका गित गाउन सक्ने क्षमता छ । उनि भन्छिन म गायन र मोडलिङलाइ संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु ।
आफुलाइ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन l सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि गायिका अनुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । गायिका तथा मोडल अनु भन्छिन लोक सस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोक दोहोरीलाई बचाई राख्नु अनि सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि त्यसैले पनि म बेसी लोक संगीतमा बढी झुकाब राख्छु ।

No comments:
Post a Comment