.dateHeader/>

भारतले बन्द गर्यो नेपालसँगको सबै सीमाहरु

काठमाडौ । भारतले उत्तर प्रदेश सँग जोडिएका बाँकेको नेपालगञ्ज लगायत नेपाली सी’मा ब’न्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सी’मा ब’न्द गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका
उच्च सुरक्षा अधिकारीहरुसँगको छलफलपछि नेपालसँगको सीमा ब’न्द गर्ने निर्णय गरेका हुन् । आ धिकारिक परिचय पत्रबिना कसैलाई पनि सी’मामा ओहोरदोहोर गर्न नदिने उत्तर प्रदेशका गृह सचिव अविनाश अवस्थीले जनाएका छन् ।
मु’द्दाको फैसला सुनाउने तयारी भएसँगै अयोध्यासहित उत्तर प्रदेशको सुरक्षा व्यवस्था क’डा पारिएको छ । स्कूल तथा क्याम्पस दुई दिनका लागि ब’न्द गरिएको छ ।
अर्धसैनिक बलका झण्डै ४० हजार जवान राज्यभर तै’नाथ भएका भारतीय संचार माध्यमले जनाएका छन् । फैसलालाई लिएर सामाजिक सञ्जालमा पनि निगरानी क’डा पारिएको छ । हिजोदेखि नै राम जन्मभूमि तर्फ जाने सबै सडकमा पैदल यात्रुलाई मात्रै हिँड्न दिइएको छ । राम मन्दिर–बाबरी मस्जिद वि’वादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो सुनुवाई गएको अक्टोबर १६ अर्थात असोज १९ गते पूरा गरेको थियो।

No comments:

Post a Comment