.dateHeader/>

तमु समुदायमा अर्घु (प्यै/पय) अर्थात मृत्यु पछिको ३ रात्रिय (महा यज्ञा)

आँला ल्ह (चिर)
तमु समुदायमा अर्घु (प्यै/पय) अर्थात मृत्यु पछिको ३ रात्रिय (महा यज्ञा)प्यै गर्दा मुल धुरिमा गाडिएको / ठडाइएको एक प्रकार को शक्ति दिने (क्ल्हे) जसलाइ आँला ल्ह(चिर) झण्डा भनिन्छ । प्यैको सुरूवात संगै पच्यु गुरुहरुले म्होसि त्हेँ अथवा वायो भए त्येसलाइ पन्छाइ सके पछि यो कार्य सुरुवात हुन्छ । भने ह्रो (आलो) प्यै

गर्दा म्होसि गर्नु पनि पर्दैन ।

यसको परिचय तथा सामग्रिहरु:

 यो अर्घुंको मुख्य शक्ति शालि क्ल्हे भनेर बुज्न सकिन्छ । यो आँला धुरिमा ठाडो गरिसकेपछि मात्रा (प्यै के) अर्घु कार्य सुरुवात हुन्छ ।

(टुप्पो भएको बाँस ८ हातको,८ हातको सेतो कपडा) प्ये बाचन संगै त्हक्रलिले काट्नु र गा्डनु क्योवा गरिन्छ । (थैलि,बास) (नेफा) कर्ताहरु छोरिहरुले छ्यु भनेर मार, मुइ राखिएको हुन्छ पछि (प्यै)अर्घुं सिद्दिय लगतै आ-आफ्नो कति कति हालिएको छ सबै फिर्ता गर्दछन् पित्र पित्रिहरुले सह दिएको । 

(तिर.). एक किसिमको फलामको बनावट धारिलो पना भएको बस्तु । (पेराखु) निगाल, बासको एक किसिमको बनावट जसमा ट्होसि एक बोतल रक्सि र घुमाउने रोटि राखिन्छ । (छ्युकुटा) बाल बनाउन प्रयोग लगायत विभिन्न किसिम्को फुल हरू हाम्रो धर्म गुरुहरुले फुलको बारेमा पनि प्ये शास्त्र वर्णन गरिएको हुन्छ। (त्ह्वाँरि) भन्नाले सेतो कपडा वर्गकारको हुन्छ जस्मा टिलो भनेर पैसाको सिक्का बाँधिएको हुन्छ । आँलाको क्रेखि भनेर पनि बुज्न सकिन्छ । (त्ह्वाँरिलाइ) आँलामा  बाँधिन्छ । (नमे प्ह्या) चराको प्वाँख पच्युहरुले सिरमा लगाउने एक पन्क्षिको प्वाँख । आँलाको टुप्पो सिरमा बाँधिन्छ । यो (प्यै)अर्घुं सिद्दिए लगतै पच्यु गुरुलाइ फिर्ता गरिन्छ ।

बनाउने विधि:

    धर्मगुरुहरुकै साथमा त्हक्रलिले काटेर तय गरिसके पछि जग्गेमा ल्याइ पुर्वतिर सिर गरि चोखो गुन्द्रि पक्कि अथवा कम्मल दछ्याएर  राखिन्छ । क्ल्हेप्री र पच्यु गुरुहरुको आवश्यक सामग्रिहरु तय भइसके पछि दुवइ धर्मगुरुहरुले प्ये विधि सुरूवात गर्छन् । पच्युगुरुहरुले (चोँकि)चोप्ले तेवा खेवा प्ये पढ्छन भने क्ल्हेप्री गुरुहरुले आँला फो ट्हवा गर्ने जस्ता प्येहरु बाचन गरेको हुन्छ यि आदि । सबै विधिहरु पुगे लगतै नेफा कार्यकर्ता दाज्यु भाइ रि च्हमि इ्ष्ट मित्रहरु र छोगिमोगि ज्वँइ तथा अन्त्यमा मावलिहरुले चढाइ ट्होसि फुलसि गरिसकेपछि । आँला (चिर) लाइ क्ल्हेवा,चिर्ने फोट्हवा कार्य गरिन्छ । क्ल्हेप्रीगुरुले छिनो बछ्योलो,,(रावाँ) लिइ फो ट्हवा बनाउने  कार्य सुरु गर्दै प्ये वाचन गरेको पनि हुन्छ । थेँचु  अथवा अर्घुमको  पहिलो बाख्रा काट्ने,  पच्युगुरुहरु ले ढोलक (ह्यारिगा त्हदु) ट्याम्कि बजाउने  यि यस्तै प्रक्रियाहरु एकै साथ गर्दछन् भने कुनै कुनै ठाउँमा थेँचु भान्छेरिले काटिसकेको पनि हुन्छ ।
नेफा कार्य कर्ता रि च्हमिहरुले आँलालाइ तेल लगाउने(क्रस) गरि चोखो पानीले छर्काइ मुल घर अथवा  धुरि तिर लगि क्ल्हेप्रीले प्ये वाचन गर्दै  र त्हक्रलिले गाड्ने क्योवा गरिन्छ । जस्मा स्यार्कि ट्होसि कैफुइ ट्हाफुइ लावा चोखो पानि रूप यि सामग्रि तय गरि अर्घुममा प्रयोग गरिने  जस्तै (दिनै प्हा) प्यै के भरि प्रयोग गरिने एक  प्रकारको चामलको भात, सिन्का प्राव,ल टुवा,मि फुइवा,कैदु चुवा,सोग्याँ सोँबा,यि यस्तै कार्य विधिहरु एकै साथ गरिन्छ । जुन ल्हो अनुसार जुरेको हुन्छ ।   

यो आँला बाट शक्ति पाउन पनि सकिन्छ  । (क्हि क्ल्हे ङ ङै क्ल्हे क्हि) अथवा मेरो गोसाइ तपाइँ तपाइको गोसाइ म भनेर क्ल्हेप्रीहरुले बाचा गरेको हुन्छ । अर्घु (प्यै )भरि  कुनै बज्र वाणहरु कुनै कसैलाइ नलागोस भनिएको हुन्छ । जस्तै चारै कुनार वै क्ल्हेप्री, पच्यु, च्हँकुजा,च्वोँकुजा,त्हा कुँजा,ट्हो कु्जा,स्यो कुजा, म्होकुजा  अ।स्यो कुँजा यिनिहरु लाइ पिर वाधक गर्न पाउँदैन भनि आँला तथा क्ल्हेसोंदि प्ह्रिसोंदि संग वाचा  गरिएको हुन्छ । तिन दिन पछि यसलाइ च्ह्यालवा गरिन्छ ।

No comments:

Post a Comment