बि. स. २०५४ साल कार्तिक महिनाको २४ गते शनिबार बारको दिन बुवा तुल सिँह गुरुङ र आमा बन्धना गुरुङको कोखबाट मेरो र यो केही इतिहास बोकेको गोरखा जिल्ला आरुघाट
गाउपालिका १ मान्बुको माटो संग स्पर्शा एकापसमा भयो । अक्सर कार्तिक महिनामा जन्मिने मान्छेहरुमा धेरै अवगुणहरु बोकेर आएका हुन्छन् रे खैर त्यो हो या होइनन् मलाई थाहा भएन
तर मेरो परिवारको लागि म लक्ष्मी नै थिए किन कि मेरो बुवाहरु तीन भाइ मात्र दिदी बहिनी थिएन र त्यसैले म मेरो बुवा आमाको मात्र नभएइ हजुरबुवा हजुरआमाको पनि प्यारी लक्ष्मी थिए।
बुवा गाउँमै एक विध्यालयमा पढाउनु हुन्थ्यो र मलाई पनि धेरै पढेर उहाँ जस्तै शिक्षण पेशामा या त लोकसेवा तिर कोशिश गरि सरकारी जागिर गरोस् भन्ने चाहानु हुन्थ्यो होला
सायद, तर
मेरो सानै देखिको रुचि कला र कलाकर्मी बन्ने थियो ।अझ विशेष म लोक संगित प्रेमी थिए। म रेडियो पनि धेरै सुन्थ्यो त्यहाँ प्रशारण हुने विभिन्न कार्यक्रम मध्ये मलाई गायन प्रतिभा समेट्ने कार्यक्रम
खुब मन पर्थ्यो र सहभागीता जनाउथे पनि यश क्रममा मैले रेडियो गोरखा ९२.८ मेहार्ज को "म पनि सक्छु" भन्ने कार्यक्रम र रेडियो मनाशलु १०३.४ मेगाहर्ज को "प्रतिभा मञ्च" कार्यक्रममा भाग लिदा
म प्रथम भएको थियो त्यस कारण पनि मलाई अझ बढी संगित दुनियाँ प्रती मोह बढ्दै गएको थियो । म स्कुलको कार्यक्रमहरुमा पनि साँस्कृतिक कार्यक्रमहरुमा खुब सहभागी हुन्थ्ये। र गाउँमै हुने विभिन्नसाँस्कृतिक कार्यक्रम पनि म सहभागी हुन पछि परिन।
मेरो एस एल सी पछि बाबाले पनि लोकसेवामा नाम निकाल्नु भए पछि हामी परिवार नै सदरमुकाम गोरखामा बस्यौ । म रेडियो र संगित प्रेमी भएकै कारण +2 लेभलमा मैले आम सञ्चार विषय
लिएर पढे त्यो दुई वर्ष बिचमा मैले रेडियो मातृभुमीमा ९८.२ मेहार्जमा लोकसंगित सम्बन्धि विभिन्न कार्यक्रमहरु चलाउथ्ये, त्यसमा बढी मैले गायन सम्बन्धि कार्यक्रम नै चलाएँ । बिस्तारै म संगितलाई केही
हत सम्म बुझ्ने भएको थिए ।रेडियोको साँस्कृतिक कार्यक्रमहरु हुदा म आफ्नो प्रस्तुतिहरु पनि दिने गर्थ्ये। मलाई एकदमै रहर थियो मैले यसरी अरुको गीत गाउनु भन्दा पनि म आफ्फै गीत गर्न पनि।
त्यो आशा दृढ राख्दै म अघि बढ्दै थिए अनायसै म अनलाइन रोधी तिर जोडिन पुगेँ जुन अनलाइन रोधी बाट नै मेरो गीत गर्ने रहर पूरा भयो पनि । अनलाइन रोधी तिर विभिन्न गायन सम्बन्धि
कार्यक्रमहरु हुन्थ्यो र म धेरै अनलाइनहरुमा रोधीहरुमा सहभागी जनाउथ्ये,त्यसरी सहभागी हुदा उत्कृष्ट गायिकाको सम्मान स्वारुप नगद पुरस्कारहरु धेरै पाएँ।
मेरो सुरुको गीत नै अनलाइन रोधीबाट गर्ने सुवर्ण अवसर पाए जुन दिलु खिम्मु गुरुङको लय, प्रेम तामाङको शब्द मा मेरो अनि जनक गुरुङको आवाजमा र रिना थापा मगर र प्रकाश सपूत द्वारा अभिनित"तिम्रै नाकको फुली" भन्ने गीत बजारमा आयो। त्यस पछि केही
हत सम्म संगितप्रेमीको मनमा म पुगेँ त्यस पछि मैले जत्तीले त्यो गीत हेर्नू भयो उहाँहरु बाट सकारात्मक प्रतिक्रिया पाए पछि म मा झन केही हिस्सा हौसलाहरु थपिए र केही समय पछि मेरो र बिरु लामाको
सहकार्यमा प्रसाद लामिछानेको लय/शब्दमा मेरो अनि बिरु लामाको आवाजमा "ढाँट्न सक्छौ र" भन्ने गीत गरे त्यसबाट पनि अझ हौसिने हौसला दर्शक स्रोताबाट पाए मैले अहिले सम्म चार वटा गीत रेकर्ड
गरि सके अब आउनेवाला गीत केशव गाहा को लय/शब्द मा मेरो एकल गीत "तिम्ले छोड्यौ अब कहाँ जाउँ म " र भक्त रानाको शब्द, राजिन बाबुको लयमा जीवन पन्त र मेरो आवाजमा
" पुर्णिमाको जुन" भन्ने रहिको छ।
म सानै देखि संगित दुनियाँमा मोह भएकै कारण यस गीतसंगितमा नै मेरो भविष्य कोर्ने प्रयास गरिरहेको छु । म अझै संघर्ष चरणमै छु मैले धेरै मेहनत गर्नै छ । म जे गर्छु गीतसंगित मै गर्छु ।




No comments:
Post a Comment