दोस्रो पटक राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्राधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट भण्डारीले शपथ लिनु भएको हो । मंगलबार भएको मतदानमा राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । प्रतिद्वन्द्वी नेपाली कांग्रसकी कुमारीलक्ष्मी राईलाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै भण्डारी पुनः राष्ट्रपति निर्वाचित हुनुभएको थियो । भण्डारीले ३९ हजार २ सय ७५ र निकटतम प्रतिद्वन्दी राईले ११ हजार ७ सय ३० मतभार
प्राप्त गर्नुभएको थियो । राईभन्दा भण्डारीको मतभार २७ हजार ५ सय ४५ ले बढी छ । भण्डारीलाई २४५ संघीय सांसद र ४१५ प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । राईले ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यको मत पाउनु भएको थियो । तीन संघीय सांसद र पाँच प्रदेशसभा सदस्यको मत भने बदर भएको थियो । कूल खसेको मतको ५१ प्रतिशत पार गरेकाले भण्डारी राष्ट्रपति निर्वाचित हुनु भएको हो । संविधानतः प्रधानन्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउनुपर्ने छ ।

सोही अनुसार राष्ट्रपति भण्डारीले प्राधानन्यायाधीश पराजुलीबाट पद तथा गोपनियताको शपथ लिनु भएको हो । संयोग भनौ, राष्ट्रपतिलाई शपथ गराउन प्राधानन्यायाधीश गोपालप्रसाद पराजुली शितल निवास पुग्दा न्यायापरिषदले भने पराजुलीलाई पदमा नरहेको पत्र पठाएको थियो । भण्डारी २०७२ कार्तिक ११ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

No comments:
Post a Comment