.dateHeader/>

नेपाली कथानक चलचित्र कुटुम्बेरी साइनो डोम कम्युनिटी हल स्वीन्डनमा प्रदर्शन हुदै


(तमु)गुरुङ समाज स्वीन्डन यू के ले हरेक बर्ष कम्तिमा पनि (१)एक गुरुङ चलचित्र प्रदर्शन गर्ने निर्णय भए अनुसार गत बर्ष २ वटा चलचित्र प्रदर्शन गरिएको थियो l  त्यसै  अनुरुप  यस बर्ष पनि २ वटा चलचित्र प्रदर्शन गर्ने निर्णय भएको  छ l
अति व्यस्तताका बाबजुद पनि समाजका सक्रिय कार्य समितिको पहलमा  यही २१ अप्रिल  २०१८ शनिबारको दिन  साझ   बजे  डोम कम्युनिटी हल स्वीन्डनमा गुरुङ सस्कृतिमा आधारित चलचित्र कुटुम्बेरी साइनो प्रदर्सन गर्ने भएको छ l
क्लाइमेक्स आर्टको प्रोडक्सन प्रा ली को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘कुटुम्बेरी साइनो’ सुवास गुरुङ को
निर्देशन र सुसान प्रजापतिको छायांकनमा
रहेको छ l  कुटुम्बेरी साइनो चलचित्रमा
विस्वास गुरुङ,खेम गुरुङ, अस्मि गुरुङ , खिम गुरुङ,सुजन गुरुङ बालकलाकार, मेघा गुरुङ ,खिम गुरुङ , गजेन्द्र गुरुङ, संगीता गुरुङको अभिनय रहेको छ ।
लमजुङको प्यारजुङ गाउँमा छायाङ्कन भएको फिल्म सुवास गुरुङको कथा निर्देसनमा सुसान प्रजापतिको छायांकन कुटुम्बेरी  साइनो निर्माणमा चन्द्र गुरुङ , एल बि गुरुङ , मेन गुरुङ , ज्ञान गुरुङ ,चौ गुरुङ , गिरि गुरुङ को ठुलो योगदान रहेको छ l

No comments:

Post a Comment