.dateHeader/>

आज श्रीपन्चमी विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

माघ ८, तिलोत्तमा ।
आज माघ शुक्लपन्चमी अर्थात् श्रीपन्चमी । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै छ । आज बिहानैबाट देशैभरि रहेका बिभिन्न शक्तिपीठहरुमा बिद्याकी देबी सरस्वतिको पुजाआजा गर्नेहरुको भीडभाड बढेको छ ।
श्रीपन्चमी अर्थात बसन्त पन्चमीको अवसर पारेर शुभकार्य गर्न आजका दिन साइत हेर्न नपर्ने पवित्र दिनको
रुपमा समेत लिइन्छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कला–साधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायत सामग्रीको श्रद्धापूर्वक पूजा गर्दछन् ।
विभिन्न सरस्वती मन्दिरहरुमा आज बिहानैदेखि विद्यार्थीहरु विद्याकी देवी सरस्वतीको पूजा–प्रार्थना गर्न लाम लागेका छन् ।आज काठमाडौको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी बसन्त श्रवण गर्ने प्रचलन पनि छ । यसैबीच रुपन्देहीका बिभिन्न मन्दिर एँब स्कूल र शैक्षिक संस्थाहरुमा समेत आज बिहानैबाट दर्शनार्थी एँव सरस्वतिको पुजा आजा गर्नेहरुको भीडभाड बढेको देख्न सकिन्छ ।
तिलोत्तमा ५, मणिग्रामस्थित सरस्वती पन्चायत मन्दिरमा आज विशेष पुजाआजा हुने गर्दछ । त्यस्तै काठमाडौको स्वयम्भूमा रहेको सरस्वती मन्दिरसहित देशभरका अन्य सरस्वती मन्दिरमा पूजा गर्न बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लागेको छ ।
मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा–आराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ । अक्षराम्भ गर्ने बालबालिकाहरुका लागि आजको दिन विशेष मानिन्छ । आजबाट शिशिर ऋतुको समाप्ति र बसन्त ऋृतुको सुरुआत हुने गर्दछ ।

No comments:

Post a Comment