तमू ह्युल्स क्वे’ गुरुङ राष्ट्रिय गीतको भाव विश्लेषण
त्हिन दोले छल खाँगए
मुँसारा दोले फ्योल खाँगए
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
मुँसारा दोले फ्योल खाँगए
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
फ्ह्रोँछैँ लसि टिमु ङिमि
क्लाछैँ लसि टिमु ङिमि
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
क्लाछैँ लसि टिमु ङिमि
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
नउदो दोले फ्हुरसि प्रमु
नउदो दोले स्यसि प्रमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
नउदो दोले स्यसि प्रमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
नउदो दोले ओरसि टिमु
चिदो दखोले ङोरसि टिमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
चिदो दखोले ङोरसि टिमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
गुरुङ भाषाको राष्ट्रिय गीतका श्रष्टा भाषाविद् स्वर्गीय घनवहादुर गुरुङको जन्म सन् १९३७ मा अवोटावाद (हालको पाकिस्थान)मा भएको थियो । वहाँका पिता तुलविर गुरुङ वृटिस सेनका ५ गोर्खा राईफलको दोश्रो वटालायनमा सेवारत हुनुहुन्थ्यो । आफ्नो पुख्यौली थलो चार हजार पर्वत दाङसिङकोट उपल्लो थर, हाल्को कास्की भएकोले वहाँको वाल्यकाल त्यही व्यतित भएको थियो ।
विक्रम सम्वत २०४०को दशकमा वहाँले छ हजार शव्दहरु र १६ हजार वाक्यहरुको प्रयोग भएको र परिशिष्टाङ्कमा गुरुङ भाषाका महत्वपूर्ण गीत र कविताहरु समेत समावेस गरिएको २ सय ७० पेजको ‘ङह्यो नि ङह्योई क्ह्योइ’ (हामी र हाम्रो भाषा) नामक पुस्तक प्रकाशित गर्नु भयो । यस पुस्तकमा गुरुङ भाषाको उत्पत्ति, प्रयोगको क्षेत्र र पुराना गुरुङ भाषा सेविहरुको नाम समेत उल्लेख गरिएको थियो ।
त्यसैले, गुरुङ समाजमा यस पुस्तकको विशेष विशिष्ठता रहेको छ । यो पुस्तक तैयार पार्न लगभग १० वर्षको अथक मिहिनेत रहेको थियो । व्यत्तिगत लगानिमा तैयार पारिएको यस पुस्तकले गुरुङ भाषाको क्षेत्रमा सुनौलो आयम थपेको छ । त्यस पुस्तक भित्र रहेको ‘तमू ह्युल्स क्वे’ गुरुङ राष्ट्रिय गीतको संक्षिप्त भाव विश्लेषण यस प्रकार रहेको छ ।
त्हिन दोले छल खाँगए
मुँसारा दोले फ्योल खाँगए
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
प्रथम छन्दमा—
सुर्य जस्तै प्रज्वल होस
तारामण्डल जस्तै प्रकट होस्
यो हाम्रो राष्ट्रमा, यो हाम्रो कुलमा ….. २
अर्थात, गीतकारले गुरुङ समुदायलाई सामाजिक जागरण र चेतनामुलक सन्देशको रुपमा हाम्रो गुरुङ समुदाय सधै सुर्य जस्तै प्रज्वल, प्रकाशमान, तेज, तापिलो, रापिलो, न्यानो र ओजपूर्ण होस् । कसैले छेकेर छेक्न नसकोस । किनभने भुमण्डलको गति सुर्यको तापबाट सञ्चालन हुन्छ । ग्रह–उपग्रहरु सुर्यको परिक्रमा गरिरहन्छन् । त्यही गतिबाट भुमण्डलमा ऋतु परिवर्तन हुन्छ । तारामण्डल जस्तै ढकमक्क उदाएर भातृत्व, मैतृत्व, सह–अस्तित्व, शान्ति, सुशासन र समृद्धिको मुल्य र मान्यतमा आधारित रहोस् । उपरोक्त पदहरुको मूल भावना हाम्रो राष्ट्र र कुलमा सघै विद्यमान रहोस्, गीतको भाव सन्देशमा स्पष्टसंग भन्न खोजिएको छ । उपरोक्त भनाइ कति सान्दर्भिक र मार्मिक छ ? विद्धान पाठकहरुले आफै मुल्याङकन गर्नु होला ।

दोस्रो छन्दमा—
गोठालो गरी बस्छौँ हामी
हाली गरी बस्छौँ हामी
यो हाम्रो राष्ट्रमा, यो हाम्रो कुलमा ….. २
अर्थात, हामी हाम्रो गुरुङ भूमिको क्षेत्र हिमालदेखि समथर भूमिसम्म उद्यौली र उभौलीको अवस्थामा भेडी गोठको चरनले अधिकार कायम गर्दछौं । लेख बेँसीमा मौसम अनुसार पलाउने, फुल्ने, टुसा, मुना र जडिबुडी युक्त घाँसपात भेडीहरुलाई खुवाइ स्वास्थ्य बनाउछौं । हामी हालीको रुपमा रहेर पनि हाम्रो भूमिमा मौसम अनुसारको उब्जानी गरी आत्मा निर्भर बन्छौं । यो राष्ट्र र कुलको मानसम्मान र गौरवमय इतिहास मिटाउन दिन्नौं, दोस्रो छन्दमा सन्देश दिएको छ ।

तेस्रो छन्दमा—
डाँफे जस्तै उडेर हिँड्छु
डाँफे जस्तै नाचेर हिँड्छु
यो हाम्रो राष्ट्रमा, यो हाम्रो कुलमा ….. २
अर्थात, नेपालको अन्नपूर्ण हिमालको फेदमा रमाउने डाँफे चरा, चराहरुको राजा, सुन्दरतामा रानी, उड्नुमा बेगवान र नृत्यमा उर्वसी । देश विदेशको गगनचुम्बि महलमा भन्दा, गोठालो र हाली भए तापनि डाँफे झै वेग मार्ने, डाँफे झै नृत्य गरेर आफ्नै राष्ट्र र कुलमा बसेर समाउछौं । आफ्नो जन्मभूमिलाई स्वतन्त्र र समृद्ध बनाएर राख्छौं, तेस्रो छन्दमा भनिएको छ ।

अन्तिम छन्दमा—
डाँफे जस्तै कुर्लिएर बस्छु
चितुवा जस्तै गर्जिएर बस्छु
यो हाम्रो राष्ट्रमा, यो हाम्रो कुलमा ….. २
अर्थात, हिमालको फेदमा रमाउने डाँफे यस्तो चरा हो, जस्ले आश्चर्यजनक आवाजमा कुर्लिन्छ । अत्याधुनिक सुविधा उपभोग गर्नका लागि परदेशमा हरुवा, चरुवा र भतुवा भएर बस्नु भन्दा, आफ्नै राष्ट्र र कुलमा डाँफे झै कुर्लिने र चितुवा झै गर्जिएर सम्मानित रुपमा आफ्नो हक अधिकार, भाषा, साहित्य र परम्परागत संस्कृतिलाई स्थापित गराइ राख्न चहान्छु, अन्तिम छन्दमा भनिएको छ ।

यसरी, लेखकले गुरुङ राष्ट्रिय गीतमा समुदायको वास्तविक अवस्था, परम्परागत रुपमा चलि आएको सामाजिक मुल्य र मान्यताहरुलाई हुबहु चित्रण गर्ने प्रयत्न गरिएको छ । यस भावनालाई प्रत्येक गुरुङले आत्मसाथ गर्न सकेमा हाम्रो राष्ट्रिय चरित्रले अब्बल दर्ज ओगटन सक्ने प्रवल सम्भावना रहेको देखिन्छ । जय गुरुङ ।
चोग डीबी गुरुङ, अमेरिका
जनवरी ३, २०१८
जनवरी ३, २०१८

No comments:
Post a Comment