कोशराज राई, कुवेत ८ जनवरी- बैदेशिक रोजगारको क्रममा कुवेतमा कार्यरत तमु समुदायको संस्था तमु प्ये ल्हु संघले तमुहरुको महान् पर्ब तमु ल्होसार कार्यक्रम (प्र ल्हो) साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ मनाएका छन्।
परदेशमा रहेर पनि आफ्नो सँस्कृतिलाई संरक्षण गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोपाल गुरुङले बताएका छन्। “शास्त्र हराए संस्कार हराउँछ, सँस्कार हराए सँस्कृति हराउँछ र सँस्कृति हराए मान्छे हराउँछ” भन्ने मुल नाराका साथ आयोजना गरिएको ल्होसार कार्यक्रममा साउदी अरबबाट आएका अतिथि कलाकार चर्चित लोक गायक तिलक गुरुङ र कुवेतबाट चर्चित लोक पप गायक द्धोया डि बी लोप्चन र बी बी मल्ल ठकुरीको साथमा स्थानीय चर्चित कलाकारहरुको बेजोड
प्रस्तुति रहेको उक्त कार्यक्रम मनोरन्जनात्मक ढंगले सम्पन्न भएका छन्।
उक्त कार्यक्रममा तमुहरुको सँस्कार रिपा बाधेर स्याँई स्याँई गर्ने कार्यसहित स्थानिय तमु कलाकारहरु द्धारा छाटु नाच, कौडा नाच, सोरठी नाच लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । आफ्नो जातिय भेषभुषामा सजिएका तमु समुदायले भरिभराउ हलमा नेपालकै गुरुङ बस्तिहरु मै पो छु कि भन्ने भान भएको थियो ।
तमु प्ये ल्हु संघ, कुवेतका अध्यक्ष गोपाल गुरुङको सभापतित्वमा र संस्थाका प्रमुख सल्लाहकार हर्षित गुरुङको प्रमुख आतिथ्यमा जिलिबको वैडिङ हलमा प्रमुख अतिथि र स्वभापति द्धारा संयुक्त रुपमा उद्घाटन गरेको उक्त ल्होसार कार्यक्रमको सन्चालन भिम गुरुङ, लिल गुरुङ र डम्बर गुरुङले गरेका थिए भने नरजित गुरुङको स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएको थियो । अतिथि कलाकार तिलक गुरुङ, डि बी लोप्चन, बी बी मल्ल ठकुरी, बहराईन एक्सचेन्ज कम्पनी, बम थापा मगर र टेक्निकल सहयोगि कमल थापालाई फेटा बाँधेर मायाको चिनो सहित कार्यक्रम बीच सम्मान गरिएको थियो

No comments:
Post a Comment