मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् । यसले यस्ता फाइदा हुने छन्। ताकत र ऊर्जाः भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ ।
कब्जियतबाट राहतः भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ। बढ्नेछ शुक्राणुः बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ । बढ्नेछ प्रजनन क्षमताः दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ। पिसाबको समस्याः भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ। पाइल्सबाट पनि राहत मिल्छ। स्वस्थ छालाः नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ।

No comments:
Post a Comment