Source : uknfbf.com
यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिंग एण्ड फिटनेसको आयोजनामा सञ्चालन हुने मिस्टर यूके नेपाल प्रतियोगिताका लागि मिस्टर नेपाल तथा धर्मश्री सानु गुरुङ्ग यस वर्ष पनि ग्रेट ब्रिटेन आउने भएका छन । गएको तीन बर्ष देखी लगतार खेल क्षेत्रलाई र खेल प्रेमी खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि कयौ किसिमका बाधाहरु जस्तै परिवार देखी टाढा धेरै अलग्गिएर बस्नु, अधिक लामो यात्राको झन्झत साथै गएको बर्ष त झनै भुकम्पले जहाज हल्लाउदा हल्लाउदै उडेर यू के को लागि उड्नु परेको थियो जुन बेला सानु गुरुङ्गको आवस्यक्ता बेलायतमा भन्दा आफ्नै रोही रहेको देशमा थियो तर सानु गुरुङ्गले आफुले दिएको बचन
प्रति सचेत रही रुदै रुदै झन्डै ४ महिना बेलायतमा बिताउनु परेको थियो। जुन बेला देशको यो दु:खद घडीमा नेपाली कलाकारहरु देशका सिपाहीहरु मात्र थिए जस्ले भुकम्प पिडितहरुलाई सक्दो मद्दत गरेका थिए तर सानु गुरुङ्गले दिएको बचनले गर्दा पुरा समर्पित भएको कारण आफु आँफैमा पिडित भएको हामी सबैलाई आभाश भने भएको थियो।
यस् पटक पनि सानु गुरुङ्गले पुरानै जोश जागर, उत्साह उमङ्ग लिएर यू के नेपाल फेडेरेसन अफ बडी बिल्डिंग एण्ड फिटनेसको प्रमुख प्रशिक्षकको रुपमा आउने क्रममा वहाको सदा झै लण्डन हिथ्रो एअरपोर्ट मा कटार एअरलाईन्स देखी २५/०६/२०१६ बिहानको ठीक ०७:०५ बजेमा जहाज अबतरण हुने कुरा सुचित गर्दै सम्पूर्ण खेल प्रेमीहरु, सानु गुरुङ्गको फ्यान अनी शुभ-चिन्तकहरु तथा संस्थाका सम्पूर्ण सदस्यहरुमा त्यस दिनमा बिदा मिलाई सानु गुरुङ्गको भव्य स्वागत गरौ भन्ने संस्थाका प्रेसिडेन्ट श्री भिम महेन्द्र गुरुङ्गजीको हार्दिक अनुरोध छ।
चौंथो मिस्टर यूके नेपाल तथा यस वर्ष पहिलोपटक आयोजना हुन लागेको पहिलो यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस मोडेल प्रतियोगितामा सानु मुख्य प्रशिक्षक रहने छन ।
अब छिट्टै ग्रेट ब्रिटेन आउने सानुले दुवै प्रतियोगिताका प्रतियोगीहरुलाई प्रशिक्षण गराउनुका साथै प्रतियोगितामा निर्णायकको भुमिका सम्हाल्ने आयोजक फेडेरेसनका प्रेसिडेन्ट भिममहेन्द्र गुरुंगजीले जानकारी दिए ।
मिस्टर यूके नेपालका विगतका संस्करणहरुमा पनि सानुले नै मुख्य प्रशिक्षक तथा निर्णायकको भुमिका गर्दै आएका थिए ।
प्रतियोगिता आउंदो जुलाई १६ तारिख शनिबारका दिन दिउसो को ३ बजे देखी रातीको ९ बजे सम्म सन्चालन हुने छ उही पुरानै ठाउँ फार्न्बोरो स्थित स्यामुल कोडी स्पोर्टस कलेजमा सञ्चालन हुनेछ ।

No comments:
Post a Comment