.dateHeader/>

बमवहादुरलाई नाकले मुरली बजाउन भ्याइ नभ्याइ

लक्ष्मी गौतम
पाँचथर - मुखले मुरली वा वाँसुरी वजाँउन जो कोहिले सक्छन । तर पाँचथर प्राङवुङ ६ का बमबहादुर केरुङमा यस्तो प्रतिभा छ उनी नाकैले मुरली र वाँसुरी जुनसुकै  गीतको लयमा वजाँउन सक्छन । त्यो पनि एकछिन हैन दिनभरी र रातभरी ।
उनमा निरन्तर १८ घण्टासम्म नाकले मुरली वजाउन सक्ने क्षमता छ । २०२० साल जेठ ५ गते पुर्वी पहाडको सुदुर उत्तरी प्राङबुङ–६ चित्रे फेदी भन्ने स्थानमा जन्मिएका उनले हालसम्म नाकैले मुरली र वाँसुरीसँगै परम्परागत वाद्यवाधनका सामग्री वोकेर ,टुंगना, मुर्चुंगा, बिनायो र पात जस्ता बाद्यबादनका सामग्री बोकेर नेपाल भारत र सिक्किमका ३ हजार ७५ वटा विद्यालयमा छात्रछात्रालाई प्रशिक्षण दिइसकेका छन । आफ्नो यहि सिप र दक्षताले नेपाल भारत र सिक्किम वाहेक वेइजिङ,हङकङ र थाइल्याण्डसम्म पुगेर कला प्रश्तुत गरेको अनुभव सुनाउने उनलाई दुई महिना पछाडी वहराइनमा हुने कार्यक्रममा नाकले मुरली र वाँसुरी वजाउन भाग लिने निम्तो आएको छ । उनी दुईसातायता पाँचथर सदरमुकाम फिदिम सहित विभिन्न गाविसमा आयोजना भइरहेका
स्टेज कार्यक्रमहरुमा आफ्नो कला प्रश्तुत गर्न भ्याई नभ्याई छन । केरुङ जहाँ पुग्छन सोहि ठाँउमा नाकले मुरली र वाँसुरी वजाएर स्रोता र दर्शकलाई मन्त्रमुग्ध पार्छन । यलम्वर,विनायो,मुुर्चुङ्गा,पत्ता,मुरली र वाँसुरी जस्ता लोकवाजा झोलामैं वोकेर हिड्ने उनी कुकुर,स्याल,फ्याउरो,वाँदर,ढडु,काग,कल्चुडो,मयुर जस्ता हिमाल पहाड र तराईमा पाइने तीनसय अधिक जनावर र चराचुरुङ्गीका आवाजको नक्कल गर्ने सीप उनमा छ । यहि क्षमताका कारण देश¬¬–बिदेशका सयौं स्थानमा आयोजना हुने कार्यक्रममा फरक प्रतिभा प्रश्तुत गर्न उनलाई भ्याइ नभ्याइ छ । पुर्वी नेपाल सहित वेष्ट वंगाल,भार र सिक्किम, दार्जिलिङ क्षेत्रमा हुने प्रायःजसो सबै महत्वपूर्ण कार्यक्रममा आफुसँग भएका वाजा लिएर उपस्थित हुन उनलाई अनिवार्य निम्तो आँउछ ।

“यहि कलाले ४ जनाको परिवारको गर्जो राम्ररी चलेको छ ।” –उनी भन्छन । आफ्नो यो कला नियमित योग साधनाबाट प्राप्त भएको उनको भनाई छ । हालसम्म आफुले वाद्यवादन प्रशिक्षण दिएका ३ हजार ७५ विद्यालयका २ लाख अधिक छात्रछात्रा मध्ये अधिकांशले विनायो,मुचुङा लगायतका वाजा वजाए पनि नाकले मुरल भने कसैले वजाउन नसके अनुभव उनको छ । “मुखले राम्ररी वजाउन जान्नेहरु पनि नाकभित्र मुरली छिर्नासाथ काउकुती लागेर हास्न थाल्छन,त्यो देख्दा चाँहि आफुलाई पनि हाँस उठ्छ ।”

लामो समय भारतको सिक्किममा विताएका केरुङ पछिल्लो समय काठमाण्डौको नारायण स्थानमा वस्दै आएकाछन ।उनको प्रतिभाको सम्मान गर्दै सिक्किम सरकारले प्रोत्साहन गर्दै उतै वसोवासको व्यवस्था मिलाईदिने आश्वासन दिएको उनले बताए । सिक्किमले जस्तोसुकै आश्वासन देखाएपनि आफ्नै देशको माटो प्यारो ठानेर फर्किएको हुँ । उनी थप्छन । कला देखाउने क्रममा उनले सिक्किम सरकारबाट धेरै सम्मान र पुरस्कार पाएका छन् । जिविकोपार्जनका लागि प्रवासी भएका उनले सिक्किममा रहंदा वस्दा समेत नेपाली लोकलय र नेपाली भाखाको प्रचारप्रसार गरिनै रहे ।

उनको प्रतिभाको सम्मान गर्दै सिक्किम सरकारले विभिन्न समयमा सम्मान र पुरस्कृत पनि ग¥र्यो ।  संरक्षण र प्रचारको लागि लोप हुन लागेका बाजाहरु आफैं बनाएर विभिन्न स्थानमा लगेर बिक्रीसमेत गर्छन् । यही बिक्रीबाट प्राप्त आम्दानीले उनको परिवारको गुजारा चलेको छ ।  स्थानीय ठाउ“ र सिक्किमतिर हुने सास्कृतिक कार्यक्रमको आकर्षण हुने बमबहादुरले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो कला देखाउन चाहन्छन । आर्थिक अभावले ओझेलमा परेको वताउने यी कलाकारको राजधानी काठमाण्डौको टु“डिखेलमा ठूलो कार्यक्रममा कला सार्वजनिक गर्दै नाकले घण्टौं मुरली वजाएर गिनिज वुक अफ दि वल्र्ड मा नाम लेखाउने ईच्छा राखेका छन । बमबहादुरको अनौठो कलाबाट प्रभावित नहुने कोही छैन् । हाम्रो थ्रिएटर नेपा पाँचथरका अयष एनवि अन्जान भन्छन्– ‘ग्रामिण परिवेशमा हुर्किएका केरुङको प्रतिभाको प्रचार गर्नु जरुरी छ ।”


No comments:

Post a Comment